काठमाडौं । बुधबारदेखि दोश्रो बजारमा हाथवे इन्भेष्टमेन्ट नेपाल र माण्डू हाइड्रोपावरको पहिलो कारोबार भएको छ । मंगलबार नेप्सेमा सूचीकृत भएसँगै दुबै कम्पनीको आजदेखि दोश्रो बजारको यात्रा शुरु भएको हो ।
नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा हाथवेको पहिलो कारोबार प्रतिकित्ता २८५.२० रुपैयाँमा र माण्डु हाइड्रोको प्रतिकित्ता ३७३.२० रुपैयाँमा भएको छ । स्पेशल प्रि सेसनमा भएको उक्त कारोबारमा दुबै कम्पनीको सेयर नेप्सेले ताकिदिएको रेञ्ज भित्र भएको छ ।
नेप्सेले हाथवेको पहिलो सेयर कारोबारको लागि ओपनिङ रेञ्ज न्यूनतम ९५.०९ रुपैयाँदेखि अधिकतम २८५.२७ रुपैयाँसम्म तोकिदिएको थियो । जसको नेप्से सिम्बोल भने एचएटीएचवाई रहेको छ ।
त्यस्तै, एमएएनडीयू सिम्बोल नम्बर तोकिएको माण्डु हाइड्रोको पहिलो कारोबारको लागि न्यूनतम १२४.४२ र अधिकतम ३७३.२६ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको थियो ।