काठमाडौं । मंगलबार जस्तै बुधबार पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार मात्रै मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ सूचीकृत भएको हो ।
यससँगै यी दुई वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बुधबार सूचीकृत भएको कम्पनीहरुको सेयर भोलिपल्ट अर्थात बिहीबार असोज २५ गतेदेखि कारोबारमा आउने छ ।
जसमध्ये मिड सोलुको ७४ लाख ८४ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ओपनि न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने एमएसएचएल रहेको छ ।
त्यस्तै, नेप्से सिम्बोल बीजीडब्लूटी सिम्बोल नम्बर तोकिएको भगवती हाइड्रोको ५७ लाख २० हजार ६४७ कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १२०.४१ र अधिकतम ३६१.२३ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बिहीबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ ।