काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेकोे छ । लगातार घटेको परिसूचक बिहीबार पनि २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०६ प्रतिशतले बढी हो ।
बजारमा परिसूचक घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । बुधबार एक अर्ब रुपैयाँमा सीमित भएको सेयर कारोबार बिहीबार एक अर्ब ७० करोडको भएको छ ।
२९२ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकको प्रमोटर सेयर कारोबार भएको छ । जसको एकैदिन १६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
घटेको बजारमा पनि आधार दर्जन कम्पनीको सेयर सर्किट लेभलमा बढेको छ । जसमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशतले, मिड सोलु हाइड्रोपावर कम्पनीको १० प्रतिशत, हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९८ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको ९.९५ प्रतिशत, सानिमा ग्रोथ फण्डको ९.९४ प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ ।
यता टप लुजरको शीर्ष स्थानमा सिटी होटल रहेको छ । जसको सेयर मूल्य ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता ५८५ रुपैयाँमा झरेको छ ।
बजारमा कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड समूहबाहेक सबै समूह राताम्मे देखिएका छन् ।