सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरलाई गर्यो स्वागत

<p>काठमाडौं । सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १ मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो । सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र [&hellip;]</p>

काठमाडौं । सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १ मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो ।

सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वाती आर र अनिता एमको एक कार्यक्रमका बीच स्वागत गर्दै आफ्नो मन्तव्य व्यक्त गरेका हुन् ।

यस प्रकारको स्वागत कार्यक्रमले स्टप सेक्सुअल भायोलेन्स भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।

Share News