इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह

<p>काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयमा एक भिडियो संदेशमा बोल्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपील गरेका छन् । यता अरब लिगका विदेशमन्त्रीहरुको बैठकले पनि [&hellip;]</p>

काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयमा एक भिडियो संदेशमा बोल्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपील गरेका छन् ।

यता अरब लिगका विदेशमन्त्रीहरुको बैठकले पनि शान्ति बहाली गर्दै वार्तामा आउन आग्रह गरेका छन् । इजरायल र प्यालेस्टाइन बीच अवरुद्ध वार्ता तत्काल शुरु गर्न आग्रह गरेका छन् ।

यस्तै, मोरक्कोका विदेश मन्त्री नासर बोरिटाले द्वन्द्वरत दुवै पक्षले आफ्नो प्रवचन छोडेर वार्तामा आउन आग्रह गरे । हिंशाले हिंशा मात्र निम्त्याउने भएकोले अतिवाद त्याग्न आग्रह गरे ।

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पनि गाजा पट्टीमा बढ्दो तनाव अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको आवश्यकता रहेको बताएका छन् । हमास र इजरायलले एक अर्काको क्षेत्रमा आक्रमण गर्दा दुवै पक्षका २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हमासको आक्रमणपछि इजरायलले देश युद्धमा होमिएको घोषणा गरेको छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विपक्षी दल सम्मिलित अन्तरिम मन्त्रिपरिषद्को गठन गरेका छन् ।

Share News