काठमाडौं । एनएमबि हाइब्रिड फण्ड एल–१ खरेजीको प्रक्रियामा अघि बढेको छ । उक्त फण्ड कात्तिक ८ गते परिपक्व हुने भएकाले सूचीकरण खोरेजी गर्ने एनएमबि क्यापिटलले जानकारी दिएको छ ।
म्युचुअल फण्ड परिपक्व हुँदा खारेजी प्रक्रियामा लैजानु पर्ने भएकोले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असोज २५ गतेसम्म कारोबार गरी कायम इकाईधनीहरु मात्रै खारेजीपश्चात्को प्रतिफलका लागि योग्य हुने क्यापिटलले जनाएको छ ।
नियमअनुसार इकाईधनीहरुको रकम फिर्ता भुक्तानी गर्ने क्यापिटलले जनाएको छ । साथै, एनएमबि हाइब्रिड फण्ड एल–१ फण्डका इकाईहरु खरिद गरी हालसम्म पनि अभौतिकिकरण नगरेका इकाईधनीहरुलाई यथासिघ्र गर्न आग्रह गरेको छ ।