काठमाडौं। डिशहोमको ‘हरेक हप्ता सुपरस्टार, सिजनकै मेगास्टार’ योजनाअन्तर्गत मानेभञ्ज्याङ, ओखलढुंगाका रजिन राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।
डिश मिडिया नेटवर्कका प्रतिनिधिले राईको घरमै पुगेर नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
बाजागाजासहित एक कार्यक्रम आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरिएको थियो । असोज २२ मा भएको लक्की ड्रमार्फत ओखलढुंगाका राईले नगद एक लाख जितेका हुन् ।
नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दसैं-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमार्फत नगद एक लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।
त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्। जसमा नगद १० लाख रुपैयाँ र मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैली अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।
सुपरस्टारको छनोट हरेक हप्ता सोमबार डिशहोमको साेकेस, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र इमेज टिभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान असाेज १ देखि सिमित अवधिका लागि नेपालभरि लागू हुनेछ।