एनआईसी एशियाका दुई म्युचुअल फन्डको लाभांश घोषणा

<p>काठमाडौं । एनआईसी एशिया क्यािपटलले दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत योजनाको लाभांश घोषणा गरेको हो । क्यापिटलका अनुसार एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डले आर्थिक वर्ष २०७९/८०को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनआईसी एशिया ग्रोथ फन्डले इकाइधनीहरुलाई १०.५० प्रतिशतका दरले [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया क्यािपटलले दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत योजनाको लाभांश घोषणा गरेको हो ।

क्यापिटलका अनुसार एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स्ड फन्डले आर्थिक वर्ष २०७९/८०को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनआईसी एशिया ग्रोथ फन्डले इकाइधनीहरुलाई १०.५० प्रतिशतका दरले ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फन्डले इकाइधनीहरुलाई १० प्रतिशतका दरले ७ करोड ५५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

Share News