थामिएन सेयर बजारको पहिरो, परिसूचक र कारोबार दुबै घट्यो

<p>काठमाडौं । सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सोमबारको नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२३ प्रतिशतले बढी हो । त्यस्तै, परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन एक अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने एक अर्ब २५ [&hellip;]</p>

काठमाडौं । सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सोमबारको नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२३ प्रतिशतले बढी हो ।

त्यस्तै, परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन एक अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने एक अर्ब २५ करोड रुपैयाँमा खुम्चिएको छ ।

सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर बिक्री भएको छ । बैंकको एकैदिन ६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता १०८ रुपैयाँ छ ।

घटेको बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । जसको सेयर मूल्य ७.८७ प्रतिशतले बढेको हो । यता १० प्रतिशतले सेयर मूल्य घट्नेमा दुई कम्पनी छन् । सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कूल १३ वटा समूहमध्ये जीवन बीमा समूह नै सबैभन्दा बढी अर्थात २०७.९१ अंकले घटेको छ ।

Share News