मोकोले ल्यायो फ्लाइट टिकट किन्दा क्यासब्याक र बम्पर उपहार जित्ने मौका

<p>काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. द्वारा सञ्चालित मोको डिजिटल वालेटले वार्षिक दशैं क्यासब्याक अफर अभियान &#8216;उडानमा उमङ्ग&#8217; शुरु गरेको छ। असोज २२ (अक्टोबर ९) बाट सुरु भएको यो अभियानले दशैं पर्वलाई अझ विशेष बनाउँदै प्रयोगकर्ताहरूका लागि अन्य अफरहरू पनि रहेको कम्पनीको भनाई छ । यस अभियानको क्रममा मोकोबाट फ्लाइट टिकट खरिद गर्दा प्रयोगकर्ताहरू मध्ये [&hellip;]</p>


काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. द्वारा सञ्चालित मोको डिजिटल वालेटले वार्षिक दशैं क्यासब्याक अफर अभियान ‘उडानमा उमङ्ग’ शुरु गरेको छ। असोज २२ (अक्टोबर ९) बाट सुरु भएको यो अभियानले दशैं पर्वलाई अझ विशेष बनाउँदै प्रयोगकर्ताहरूका लागि अन्य अफरहरू पनि रहेको कम्पनीको भनाई छ ।

यस अभियानको क्रममा मोकोबाट फ्लाइट टिकट खरिद गर्दा प्रयोगकर्ताहरू मध्ये हरेक दिन १ जनाले १०० प्रतिशत क्यासब्याक जित्न सक्ने साथै १० जना भाग्यशाली प्रयोगकर्ताहरूले १ दिनको लागि २ जनालाई हिमालयन दृश्य रिसोर्ट मा नाइट स्टे प्याकेज जित्ने सक्नेछन् । फ्लाइट टिकेट किन्दा क्यासब्याक वा १ दिनको लागि २ जनालाई हिमालयन दृश्य रिसोर्ट नाइट स्टे प्याकेज वा दुबै जित्नको लागि मोकोका प्रयोगकर्ताहरूले मोकोमा आबद्ध बैंक तथा वित्तीय संस्थाको भिजा कार्ड प्रयोग गरि टिकेट काट्न सक्नेछन् ।

यस ‘उडानमा उमाङ्गग’ क्यासब्याक अफर अभियान मंसिर ४ (नोभेम्बर २०) सम्म (४३ दिनको लागी) सञ्चालनमा रहनेछ । हाल मोको डिजिटल वालेटमा २० वटा बैंक तथा वित्तीय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानीहरु गर्न सकिनेछ । भिजा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स् हो । विशेष गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

Share News