मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

<p>काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २५ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले आज असोज ३० गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता [&hellip;]</p>

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २५ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले आज असोज ३० गतेसम्म आवेदन दिन सक्ने छन् ।

लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ ।

लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Share News