घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

Share News