काठमाडौं । युनिलिभर नेपालले सेयर अभौतिकीकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो ।
गत वर्षजस्तै यसवर्ष पनि कम्पनीले नगद लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस)मार्फत रकम भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।
सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीहरूले आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको हो ।
साथै, हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरुले हितग्राही खाता खोली सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ । हितग्राही खाता खोले पश्चात मात्रै लाभांश रकम प्राप्त हुने कम्पनीले बताएको छ ।
यस्तै, प्रत्येक सेयरधनीहरुले प्यान नम्बर, फोन तथा मोबाइल नम्बर र इमेल आइडी पठाउन कम्पनीले भनेको छ ।