सुनको मूल्यले तोडयो रेकर्ड, प्रतितोला १ लाख १७ हजार पुग्यो

<p>काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आईबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको शुक्रबार मात्रै नेपाली बजारमा सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो [&hellip;]</p>

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा आईबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ ।

आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको शुक्रबार मात्रै नेपाली बजारमा सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो शनिबार पनि सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढाएर १ लाख १७ हजार रुपैयाँ पुर्याएको थियो । आज आईतबार पनि सुनको मूल्य स्थिर हुँदा सोही मूल्यमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News