काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।