
काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । सोमबार सेयर बजारमा ३.०४ अंकको वृद्धि भई इन्डेक्स १८७८.७० अंकमा पुगेर बन्द भएको हाे ।
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १२८ कम्पनीको सेयर मूल्य बढ्यो भने ९७ कम्पनीको सेयर मूल्य घट्न पुग्यो । त्यस्तै, १४ कम्पनीको सेयर मूल्य घटबढ भएन ।
सोमबार कूल ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज पन्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.८२ प्रतिशतले वृद्धि भएको छ।
आज सोनापुर मिनिरल्स एन्ड वेल लिमिटेडका लगानीकर्ता सर्वाधिक गुमाउन पुगे । आज पनि सोनापुर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेकाे छ। आइतबार पनि यस कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको थियो।