नेपालको लगातार दोस्रो जित, मलेसियालाई ६ विकेटले हराएर सेमिफाइनलमा

<p>काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा पुरा गर्दै १६६ रन बनाएको हो । नेपालले ६ विकेटले खेल जितेको हो । सोमबार नेपालले सिंगापुरलाई हराएको थियो । दाेस्राे जितसँगै नेपाल सेमिफाइनलमा [&hellip;]</p>

काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोट खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै दोस्रो जित निकालेको हो ।

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा पुरा गर्दै १६६ रन बनाएको हो ।

नेपालले ६ विकेटले खेल जितेको हो । सोमबार नेपालले सिंगापुरलाई हराएको थियो । दाेस्राे जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

Share News