एकैदिन सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

<p>काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि घटेर [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News