टेक स्टूडियोले ल्यायो एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन पाईने अफर

<p>काठमाडौं । टेक स्टूडियोले एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन पाईने अफर ल्याएकाे छ । टेक स्टुडियोले ‘एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा निःशुल्क मोबाइल फोन पाउनुहोस्&#8217; भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ । यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन प्रदान गर्दछ । चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु [&hellip;]</p>

काठमाडौं । टेक स्टूडियोले एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन पाईने अफर ल्याएकाे छ ।

टेक स्टुडियोले ‘एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा निःशुल्क मोबाइल फोन पाउनुहोस्’ भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ । यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन प्रदान गर्दछ ।

चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु १६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन्, जसको प्रस्ताव मूल्य क्रमशः ३ हजार ९ सय ९९, ४ हजार ९ सय ९९ र ६ हजार ९ सय ९९ तोकिएको कम्पनीले जनाएकाे छ ।

एक्यूफिट डब्लु १६ को खरीद संग, केजीटेल १०५ मोबाइल फोन निःशुल्क प्रस्ताव गरिएको छ। जहाँ, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) को खरिदमा केजीटेल १०६ मोबाइल फोन निस्शुल्क र केजीटेल २४३ मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस) को खरिदमा निस्शुल्क उपलब्ध गराइनेछ ।

केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः १ हजार ५ सय, १ हजार ८ सय र २ हजार रुपैयाँ तोकिएको छ । यो प्रस्ताव नोभेम्बर १ तारिख २०१३ अर्थात कात्तिक १५ गतेदेखि नोभेम्बर १० तारिख अर्थात कात्तिक २४ गतेसम्म मात्र मान्य हुने कम्पनीले जनाएकाे छ ।

Share News