विश्वकप क्रिकेट सेमिफाइनलको टिकट आइएमई पेमार्फत काट्न क्यानको अनुरोध

<p>काठमाडौं । आइसीसी मेन टी २० विश्वकप फाइनल छनौट एसियाअन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीच सेमिफाइनल खेलका लागि ३ हजार ५ सय टिकटमात्र अनलाइमार्फत आइएमई पेबाट काट्न नेपाल क्रिकेट संघ (क्यान) ले अनुरोध गरेको छ । मैदानमा टिकट बुथ नहुने भएकाले निश्चित संख्यामा उपलब्ध हुने टिकट आइएमई पेमार्फत काट्न क्यानले दर्शकलाई अनुरोध गरेको [&hellip;]</p>

काठमाडौं । आइसीसी मेन टी २० विश्वकप फाइनल छनौट एसियाअन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीच सेमिफाइनल खेलका लागि ३ हजार ५ सय टिकटमात्र अनलाइमार्फत आइएमई पेबाट काट्न नेपाल क्रिकेट संघ (क्यान) ले अनुरोध गरेको छ ।

मैदानमा टिकट बुथ नहुने भएकाले निश्चित संख्यामा उपलब्ध हुने टिकट आइएमई पेमार्फत काट्न क्यानले दर्शकलाई अनुरोध गरेको हो ।

नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्न पनि क्यानले अनुरोध गरेको छ ।

क्यान, क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत सेमिफाइनल खेलको पास वितरण नगरेकाले घरमै बसेर खेल हेरी सहयोग गर्न क्यानको अनुरोध छ ।

Share News