नेपाली सेनामा २ सय २९ जनालाई जागिर खुल्यो

<p>काठमाडौं । नेपाली सेनाले कर्मचारीको माग गरेको छ । नेपाली सेनाले २२९ जना कर्मचारीको माग गरेको हो । रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो । कार्यालयकाअनुसार कुल २२९ जनामध्ये १२ जना सैनिक तालिम तथा आफ्नो कर्तव्य गर्दा कुनै [&hellip;]</p>

काठमाडौं । नेपाली सेनाले कर्मचारीको माग गरेको छ । नेपाली सेनाले २२९ जना कर्मचारीको माग गरेको हो ।

रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

कार्यालयकाअनुसार कुल २२९ जनामध्ये १२ जना सैनिक तालिम तथा आफ्नो कर्तव्य गर्दा कुनै चोट लागेर सोही कारणबाट अशक्त भएका वा कर्तव्य पालना गर्दागर्दै मृत्यु भएका नेपाली सैनिकका सन्ततीबाट पदपुर्ति गरिने सेनाले जनाएको छ । त्यस्तै, १२२ जनालाई खुल्लातर्फ, १७ जना महिला समूहतर्फ, ३३ जना आदिवासी तथा जनजातीतर्फ, २७ जना मधेशीतर्फ, १५ जना दलिततर्फ र ३ जना पिछडिएको क्षेत्रतर्फबाट पदपूर्ति गरिने जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिने जनाएको छ ।

Share News