भायानेटले ल्यायो रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग अफर

<p>काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर &#8216;रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग&#8217;को घोषणा गरेको छ । यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन् । यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर चाडमा चौका अभियानको विस्तारको रूपमा [&hellip;]</p>

काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’को घोषणा गरेको छ । यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर चाडमा चौका अभियानको विस्तारको रूपमा आएको हो । चाडमा चौका अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग१ मा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन् छुटहरू यसप्रकार छन्ः

१. नि:शुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्सस् तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड नि:शुल्क प्राप्त गर्नेछन् ।

२. आफ्नो लागि चार महिनाको नि:शुल्क इन्टरनेटस् प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको नि:शुल्क इन्टरनेट सेवा पाउने छन् । यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निस्शुल्क इन्टरनेट प्राप्त हुनेछ ।

३. रेफर गरिएकाको लागि एक महिनाको नि:शुल्क इन्टरनेटस् ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा-फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ ।

Share News