विश्वकपमा नेपाल, यूएईसँग नेपालको सानदार जित

<p>काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । युएईले दिएको १३५ रनको लक्ष्यलाई नेपालले १८ ओभरमा पुरा गरेको हो । नेपाले ८ विकेटले खेल जितेको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल [&hellip;]</p>

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपालले यूएईलाई पराजित गरेको छ ।

युएईले दिएको १३५ रनको लक्ष्यलाई नेपालले १८ ओभरमा पुरा गरेको हो । नेपाले ८ विकेटले खेल जितेको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

पहिले ब्याटिङ गरेको यूएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।

यो जितसँगै नेपाल विश्वकपमा छनोट भएको छ । वर्षौंदेखिको विश्वकप खेल्ने नेपालको सपना साकार भएको छ । नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा छनोट भएको हाे ।

अब नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्नेछ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको थियो ।

 

Share News