नेपाल लाइफ एक्लैको १० अर्ब बीमा शुल्क संकलन, एलआईसी र हिमालयनबीच दोस्रो बन्न प्रतिस्पर्धा

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ४१ अर्ब रुपैयाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार असोज मसान्तसम्म सबैभन्दा धेरै नेपाल [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ४१ अर्ब रुपैयाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणका अनुसार असोज मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ४ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ, नेशनल लाईफले ४ अर्ब १९ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क छ ।

यस्तै, असोजसम्म सुर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, सानीमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

साथै, तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले पौने ७ अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका हुन् ।

सबैभन्दा धेरै नेपाल लाइफले १ अर्ब ५९ करोड रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफलाई नेशनल लाइफले टक्कर दिँदै ९० करोड ७२ लाख रुपैयाँको प्रथम बीमा शुल्क संकलन गरेको हो ।

यस्तै, हिमालयन लाइफले ५२ करोड ८७ लाख रुपैयाँ, सुर्यज्योति लाइफले ५१ करोड ९३ लाख रुपैयाँ, एलआइसी नेपालले ५० करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले ४१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले ३३ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, रिलायबल नेपाल लाइफले ३२ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३२ करोड २२ लाख रुपैयाँ, एशियन लाइफले ३२ करोड १ लाख रुपैयाँ, सन नेपालले ३० करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ३० करोड ३५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २१ करोड ५९ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले १२ करोड ५४ लाख प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

Share News