नेपालको ओमानलाई १८५ रनको विशाल लक्ष्य, रोहित र गुल्सनको अर्धशतक

<p>काठमाडौं । टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा नेपालले ओमनलाई १८५ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाउन सक्यो । खेलमा गुल्शन झाले विस्फोटक ब्याटिङ गरेका छन् । झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५४ रन बनाए भने कप्तान रोहित पौडेलले पनि ५२ [&hellip;]</p>

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा नेपालले ओमनलाई १८५ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाउन सक्यो ।

खेलमा गुल्शन झाले विस्फोटक ब्याटिङ गरेका छन् । झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५४ रन बनाए भने कप्तान रोहित पौडेलले पनि ५२ रन बनाए । करन केसीले ६ बलमा २० रन बनाएर अबिजित रहे ।

यस्तै, कुशल भुर्तेलले ३१, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

Share News