नेपाल माइक्रो इन्स्योरेन्सका थप दुई शाखा विस्तार

<p>काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले थप दुई शाखा कार्यालय विस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले काभ्रेको बनेपा र सुनसरीको इटहरीमा गरी २ वटा शाखा कार्यालय विस्तार गरेको जनाएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा कम्पनीले एकैपटक दुई शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार बनेपा शाखा शुक्रबार उद्घाटन गरि सञ्चालनमा ल्याएको हो । [&hellip;]</p>

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले थप दुई शाखा कार्यालय विस्तार गरेको छ । इन्स्योरेन्स कम्पनीले काभ्रेको बनेपा र सुनसरीको इटहरीमा गरी २ वटा शाखा कार्यालय विस्तार गरेको जनाएको छ ।

शाखा सञ्जाल विस्तार गर्ने क्रममा कम्पनीले एकैपटक दुई शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार बनेपा शाखा शुक्रबार उद्घाटन गरि सञ्चालनमा ल्याएको हो । यस्तै, इटहरी शाखा भने आज आइतबारदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

यी दुई शाखासहित थप ४ ठाउँमा शाखा विस्तार गर्ने कम्पनीले जनाएको छ । सानो इन्स्योरेन्स, ठूलो केयर भन्ने नाराका साथ कम्पनीले आफ्नो सेवा देशभरि पुर्याइरहेको छ ।

Share News