प्रिमियम मूल्यमा सेयर निष्काशन रोक्न माग गर्दै लगानीकर्ता पुगे संसदीय समितिमा

<p>काठमाडौं । लगानीकर्ताहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न सार्वजनिक लेखा समितिमा उजुरी दिएका छन् । नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै लगानीकर्ताहरुले सार्वजनिक लेखा समितिमा उजुरी दिएका हुन् । लगानीकर्ताहरुले बोर्ड अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष [&hellip;]</p>

काठमाडौं । लगानीकर्ताहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न सार्वजनिक लेखा समितिमा उजुरी दिएका छन् । नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै लगानीकर्ताहरुले सार्वजनिक लेखा समितिमा उजुरी दिएका हुन् ।

लगानीकर्ताहरुले बोर्ड अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल लगायतले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको आरोव लगाएका छन् ।

आईपीओ जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर प्रचलित कानून बमोजिम हदैसम्म कारबाही हुने गरि निर्देशन जारी गर्न उजुरी दिएको लगानीकर्ताहरुले बताएका छन् ।

सार्वजनिक लेखा समितिमा उजुरी परेपछि नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रियाका विषयमा उजुरी परेपछि समितिले सेबोन, प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

‘कम्पनीको आईपीओ निष्काशन प्रक्रियाका बारेमा उजुरी परेको छ, सार्वजनिक रुपमा प्रश्न समेत उठेका छन्, त्यसैले सेबोन र बीमा प्राधिकरणलाई केही प्रश्नसहित ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेका हौं,’ विकासन्युजसँग भने ।

Share News