घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News