
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ ।
सोमबार २१ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.२२ अंकले बढेर १८५८.७६ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज बजारसँगै कारोबार संख्या र रकम पनि बढेको छ । आज ४३ लाख ३१ हजार कित्ता सेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर सेयर ९ करोड १६ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज निर्जीवन बीमा समूहको बाहेक सबै समूहको सेयर सामान्य बढेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयर ८.१६ प्रतिशत तथा सोनापुर मिनरल्स एन्ड आयल कम्पनी र सिटिजन लाइफ इन्सुरेन्सको सेयर ५.२८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज स्वावलम्बन लघुवित्तको सेयर ८.२६ प्रतिशतले घटेको छ ।