काठमाडौं । एलजी ओएलईडी टिभीले २०२३ को अर्धवार्षिक अवधिसम्म १३ लाख ३० हजारभन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको छ ।
मार्केट रिसर्च फर्म ओम्डियाका अनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो ६ महिनामा विश्वव्यापी ओएलईडी टिभी बजारको ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल भएको छ । परिचित ओएलईडी टिभी लिडरका रूपमा उत्पादनको १० वर्ष मनाउँदै गर्दा, ओएलईडी टिभी सेगमेन्टको नेतृत्व स्थापना गर्न सफल भएको छ । साथै, एलजीले ओएलईडी टिभीको प्रतिष्ठालाई प्रिमिएम टिभी सेगमेन्टको शिखरमा राख्न सफल भएको कम्पनीले जनाएकाे छ।
एलजी यसैमा सीमित नरही १ करोड टिभी युनिटको (ओएलईडी र एलसीडी आक्रमक बिक्री गर्न सफल भएको छ, फलस्वरूप एलजी कम्पनीले विश्वव्यापी टिभी बजारको १६.२ प्रतिशत सेयरको खुद नाफा हासिल गरेको छ । एलजीले आफ्नो प्रिमियम र अल्ट्रा–लार्ज डिस्प्लेका लागि रणनीतिक बजारीकरण सक्रियताका साथ अपनाउँदै आफ्नो भन्डारणको व्यवस्थापनलाई सुदृढ गर्दै र उच्चतम नाफाको लागि निरन्तर लागिरहेको छ र यो प्रतिबद्धताले उत्कृष्ट प्रतिफल हासिल गरिरहेको छ । कम्पनीले आफ्नो कुल आम्दानीको लगभग ३०५ नाफा एलजी ओएलईडीमार्फत प्राप्त गरिरहेको कम्पनीले जनाएको छ ।
२०२३ को अर्धवार्षिक अवधिमा भएको टिभीको सिपमेन्ट कुल ९ करोड २० लाख युनिट छ, जुन गत वर्षको पहिलो अर्धवार्षिक अवधिको कारोबारसँग तुलनात्मकरूपमा समान छ । एलजी जसले ओएलईडी टिभी सेगमेन्टमा केहि वर्षदेखि नेतृत्व गर्दै आएको छ, यस वर्षको अर्धवार्षिकसम्म मात्र एलजीले २० लाख युनिट बिक्रि गरेको छ जुन बाँकी अर्धवार्षिक अवधिको लागि पनि सकारात्मक रहनेछ ।
एलजी ओएलईडी टिभीले अर्धवार्षिक अवधिमा कुल नाफाको ९.३५ हासिल गरी विश्वव्यापी टिभी बजारमा आफ्नो पहिलो स्थान कायम राखेको छ । ओम्डियाले ओएलईडी टिभीले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न तथा २ लाखभन्दा बढी मूल्य पर्ने टिभी सेगमेन्टको ४३ प्रतिशतसम्म बजार ओगट्ने प्रक्षेपण गरेको कम्पनीले जनाएको छ ।
आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको एलजीले ओएलईडी टिभीहरू विगत लामो समयदेखि नेपाली बजारमा पनि उपलब्ध गराइरहेको छ । ४२ इन्चदेखि ८३ इन्चसम्म उपलब्ध यी टिभीमा अहिले चलिरहेको क्रिकेट वर्ल्ड कपको मज्जा लिन उत्कृष्ट विकल्प रहेको कम्पनीको दाबी रहेको छ। नेपालभरि एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।