काठमाडौं । किचन अपलायन्सेसका लागि विश्वप्रसिद्ध काफ ब्राण्ड नेपाल भित्रिएको छ । भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरिसकेको काफ ब्राण्डलाइ किचन क्राफ्ट क्रियशन प्रा.लि.ले नेपाल भित्र्याएको हो ।
किचन क्राफ्ट क्रियशनलाई नेपालको आधिकारिक बिक्रेता नियुक्त गरी एकैपटक देशभरिका विभिन्न ४ स्थानबाट काफ ब्राण्डका उत्पादित सामाग्री बिक्री वितरण गर्नेछ । आज कात्तिक २२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वर, कमलादी, पोखरा र बुटवल गरी ४ वटा ठाउँमा स्टोर सञ्चालन गरेको किचन क्राफ्ट क्रियशनकी कार्यकारी निर्देशक अंकिता राठीले जानकारी दिइन् ।
कार्यकारी निर्देशक राठीका अनुसार काफ ब्राण्डका कुकर हुड्स (फिल्टरलेस कुकर ड्राइहिट अटो क्लिन टेक्नोलोजी), बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान, सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड ड्रयर सिस्टम लगायतका सामाग्राी उपभोक्ताले खरिद गर्न सक्ने छन् ।
काफ किचनका सामग्रीको लागि स्थापित प्रिमियम ब्राण्ड हो । जुन नेपाली उपभोक्ताले स्वदेशी बजारबाटै सहज रुपमा खरिद गर्न सक्ने कम्पनीले बताएको छ । काफ ब्राण्डलाई नेपालमा पहिलो पटक किचेन क्रियशनले भित्र्याएको हो ।
अन्य कम्पनीभन्दा काफ ब्राण्डका सामाग्रीहरु सस्तो, गुणस्तरीय र टिकाउ रहेको कम्पनीको भनाइ छ । काफका उपकरणले प्रयोगकर्ताको अवश्यकता पूरा गरी भान्साको सौन्दर्यतालाई बढावा दिने कार्यकारी निर्देशन राठीले बताइन् ।