विजय लघुवित्तबाट एकैपटक १० जना संस्थापक बाहिरिँदै

<p>काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका १० जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । संस्थाका १० जना सेयरधनीहरुले कूल कित्ता ९३ हजार २७२ कित्ता सेयर बेच्न लागेका हुन् । लघुवित्तका संस्थापक किरण विष्टको नाममा रहेको ८ हजार ७०४ कित्ता, माधब प्रसाद अधिकारीको १० हजार [&hellip;]</p>

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका १० जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् ।

संस्थाका १० जना सेयरधनीहरुले कूल कित्ता ९३ हजार २७२ कित्ता सेयर बेच्न लागेका हुन् । लघुवित्तका संस्थापक किरण विष्टको नाममा रहेको ८ हजार ७०४ कित्ता, माधब प्रसाद अधिकारीको १० हजार २८८ कित्ता, नरेश ढकालको १० हजार ८३२ कित्ता, बद्री कुमार घिमिरेको १२ हजार कित्ता र तारा पति खरेलको ९ सय कित्ता सेयर बिक्रीमा राखेको हो ।

यस्तै, हैदर अली मोमिनको ६ हजार कित्ता, लक्ष्मी प्रसाद अर्यालको ३ हजार ६४४ कित्ता, दुर्गा प्रसाद उप्रेतीको १८ हजार ३७५ कित्ता, शिव प्रसाद पाण्डेको ८ हजार २८८ कित्ता र डम्मर बहादुर कुवरको १४ हजार २४१ कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थाको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ ।

यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ ।

संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय धुलिखेल काभ्रेमा सम्पर्क गर्नु पर्नेछ ।

Share News