प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।।

Share News