तिहार नजिकिएसंगै सुनको मूल्य तोलामै १ हजारले बढ्यो

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । तिहार नजिकिएसंगै सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो । शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । तिहार नजिकिएसंगै सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो । शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News