
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ३०आाैं वार्षिकोत्सवका अवसरमा भिजा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
संस्थाका अथ्यक्ष डेकिन्द्रकुमार राईले केन्द्रीय कार्यलय डिल्ली बजार काठमाडौंमा एक कार्यक्रमबीच भिजा डेबिट कार्डको उद्घाटन गरे । उक्त कार्यक्रममा गोर्खाज ग्रुपका अध्यक्ष पुरन्जन राई, उपाअध्यक्षद्वय यादवचन्द्र राई तथा टिकाराम सुनुवार, सञ्चालक कर्णबहादुर राई तथा कल्पना खापुङ्गलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएकाे थियाे । रक्तदान कार्यक्रममा संस्थाका कर्मचारीलगायतका ४३ जना रक्तदाताले रक्दातन गरेका थिए ।
गोर्खाज फाइनान्स भिजा डेबिट कार्ड सुरुवात गर्ने पहिलो फाइनाइन्स कम्पनी बनेको छ । गोर्खाज फाइनाइन्सको डेबिट कार्डमार्फत ग्राहकरूले भिजा एटिएमबाट सजिलै कारोबार गर्न सक्नेछन । हालसम्म गोर्खाज फाइनाइन्सको एटिएम सुविधा लिने करिब ६५ सय ग्राहक छन् ।
त्यसैगरी वार्षिकोत्सवकै अवसरमा संस्थाको नारायणनगढ शाखाबाट कात्तिक २४ गतेदेखि लकर सेवा पनि सञ्चालनमा ल्याएको छ । संस्थाको हालसम्म सातै प्रदेशमा २६ वटा शाखा रहेका छन् ।