ट्राफिक चेकिङमा बीमा गरेको छ कि छैन भनेर पनि चेक गर्नुपर्छ : अध्यक्ष सिलवाल

<p>काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब गाडी चालकको लाइसेन्स तथा ब्लूबुक चेक गर्नेभन्दा पनि बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने बताएका छन् । शुक्रबार सूर्यज्योती लाइफ इन्स्योरेन्सको नयाँ बीमा पोलिसी सार्वजनिक कार्यक्रममा बोल्दै उनले सबैको पहुँचमा बीमा पुर्&#x200d;याउनका लागि यस्तो गर्न आवश्यक रहेको बताएका हुन् । उनले सबै ठाउँ तथा व्यक्तिमाझ [&hellip;]</p>

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अब गाडी चालकको लाइसेन्स तथा ब्लूबुक चेक गर्नेभन्दा पनि बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने बताएका छन् । शुक्रबार सूर्यज्योती लाइफ इन्स्योरेन्सको नयाँ बीमा पोलिसी सार्वजनिक कार्यक्रममा बोल्दै उनले सबैको पहुँचमा बीमा पुर्‍याउनका लागि यस्तो गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले सबै ठाउँ तथा व्यक्तिमाझ बीमाको पहुँच पुर्‍याउनुपर्ने बताउँदै ट्राफिक चेकिङमा बीमा गरेको छ वा छैन भनेर चेक गर्नुपर्ने नीति बनाउनुपर्ने बताए ।

‘नसक्नेको बीमा गराइदिनु पर्यो, सक्नेले आफैं बीमा गर्छन्, गाडी चलाउँदा चालकको लाइसेन्स र ब्लूबुक होइन, अब बीमा गरेको छ कि छैन भनेर चेक गर्नुपर्छ,’ उनले भने ।

यस्तै, उनले प्राधिकरण बीमा दाबी भुक्तानीमा सन्तुष्ट नभएको पनि बताएका छन् । उनका अनुसार अहिलेको दाबी भुक्तानी राम्रो भए पनि प्राधिकरण तथ्यांकमा अझै सन्तुष्ट हुन सकेको छैन ।

उनले सबैको पहुँचमा बीमा पुर्‍याउन कम्पनीहरूले गरिबले पनि बीमा गर्नसक्ने प्रडक्ट ल्याउनुपर्ने बताए । स्थानीय सरकारले बीमा गराउनेभन्दा पनि बीमा गराउन जोड दिनुपर्ने उनको राय छ ।

Share News