काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको ८ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ ।
बैंकका अनुसार संस्थापक राजेन्द्र कुमार शर्माको नाममा रहेको ८ लाख कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ ।
बैंकको उक्त सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।