बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हाे । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हाे ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share News