एशियन लाईफ इन्स्योरेन्स सम्मानित

<p>काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले कार्यालयमा बिहीबार आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान् पत्र हस्तान्तरण गरेका हुन् । आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतली सडकले [&hellip;]</p>

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीलाई आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवस २०८० को अवसरमा सम्मान गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठलाई कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले कार्यालयमा बिहीबार आन्तरिक राजश्व कार्यालय पुतलीसडकमा आयोजित एक कार्यक्रमबीच सम्मान् पत्र हस्तान्तरण गरेका हुन् ।

आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय पुतली सडकले आर्थिक वर्ष २०७८।०७९ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत वित्तीय संस्था क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान् गरेको हो ।

Share News