भृकुटीमण्डपमा जाडोलाई लक्षित गर्दै जुत्ता मेला सुरु, ५० प्रतिशतसम्म छुटको व्यवस्था

<p>काठमाडौं । भृकुटीमण्डपमा जाडोलाई लक्षित गर्दै जुत्ता मेला सञ्चालनमा आएको छ । विभिन्न १० वटा कम्पनीहरूको संयुक्त आयोजनामा सो मेला विशेष छुटको व्यवस्था सहित सञ्चालनमा आएको हो । स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बिचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको व्यवसायी गंगा श्रेष्ठले बताए । उनका अनुसार मेलामा ३० भन्दा बढी ब्राण्ड [&hellip;]</p>

काठमाडौं । भृकुटीमण्डपमा जाडोलाई लक्षित गर्दै जुत्ता मेला सञ्चालनमा आएको छ । विभिन्न १० वटा कम्पनीहरूको संयुक्त आयोजनामा सो मेला विशेष छुटको व्यवस्था सहित सञ्चालनमा आएको हो ।

स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बिचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको व्यवसायी गंगा श्रेष्ठले बताए । उनका अनुसार मेलामा ३० भन्दा बढी ब्राण्ड र झण्डै ६ बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहने छन् ।

विभिन्न मोडलका जुत्ता चप्पल एकैठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ता चप्पल खरिद गर्न सहज हुने पनि श्रेष्ठले बताए । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

मंसिर महिना भर सञ्चालनमा रहने उक्त मेलामा पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल पाइने बताइएको छ । आयोजकका अनुसार मेला अवधिभर एक जोडी जुत्ताको खरिदमा न्यूनतम १० देखि ५० प्रतिशतसम्म छुट पाइनेछ ।

मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड वान वर्ल्ड, भेनस सुज, पिजि सुज, बोस सुज, फुट स्टेप लगायतको सहभागिता छ । मेला भेनस सुजको आयोजनामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

Share News