सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको मूल्य पनि बढ्यो

<p>काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला ६ सयले र चाँदी ३५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको पनि बढेर [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला ६ सयले र चाँदी ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको पनि बढेर मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

साथै, चाँदीको मूल्य पनि आइतबार उच्च विन्दुमा पुगेको छ । चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबर भएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News