काँकडभिट्टाबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

<p>झापा । कोसी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख रुपैयाँबराबरको चार हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात गरिएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत कोसी [&hellip;]</p>

झापा । कोसी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख रुपैयाँबराबरको चार हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात गरिएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।

झापा, इलाम, पाँचथर, धनकुटालगायत कोसी प्रदेशका जिल्लामा चियाको खेती गरिँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् ।

पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात गरिँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०र८१ को साउन, भदौ र असोज महिनामा एक अर्ब २० करोड ८० लाख रुपैयाँबराबरको एक हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात गरिएको थियो ।

पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैँचीको खेती गरिँदै आएको छ । औषधि र मसालाका रूपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च छ ।

आव २०८०र८१ को त्रैमासिक अवधिमा २२ करोड ९५ लाख चार हजार रुपैयाँबराबरको एक हजार ७९३ मेट्रिक टन अदुवा पूर्वी नाका काँकडभिट्टा भएर निकासी गरिएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन गर्ने गरिएको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्‍याएर गुणस्तरीय बनाएर भारत निकासी गनेए गरिएको छ ।

अम्रिसो कुचो बनाउन प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत र बंगलादेशमा ठूलो माग छ । तथापि, नेपालबाट अधिकांश अम्रिसो भारत निर्यात गरिन्छ । चालु आवको त्रैमासिक अवधिमा २९ करोड ४० हजार रुपैयाँबराबरको दुई हजार ४१७ मेट्रिक टन अम्रिसो भारत निकासी गरिएको ठाकुरले जानकारी दिए ।

अरू बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती गरिन्छ । फूल छिप्पिएपछि थुतेर कुचोका रूपमा प्रयोग गरिने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन् । अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ ।

पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ । मसालाका रूपमा प्रयोग गरिने तेजपात पनि भारततर्फ निकासी हुन थालेको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा ७४ करोड १८ लाख १९ हजार रुपैयाँबराबरको २२ हजार ६७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी गरिएको छ । सोही अवधिमा १७ लाख ९२ हजार रुपैयाँबराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी गरिएको छ ।

नेपालबाझापा । कोसी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख रुपैयाँबराबरको चार हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात गरिएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।

झापा, इलाम, पाँचथर, धनकुटालगायत कोसी प्रदेशका जिल्लामा चियाको खेती गरिँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् ।

पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात गरिँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०र८१ को साउन, भदौ र असोज महिनामा एक अर्ब २० करोड ८० लाख रुपैयाँबराबरको एक हजार ५१० मेट्रिक टन अलैँची भारत निर्यात गरिएको थियो ।

पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्लामा ओसिलो खोल्सी खेतमा अलैँचीको खेती गरिँदै आएको छ । औषधि र मसालाका रूपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च छ ।

आव २०८०र८१ को त्रैमासिक अवधिमा २२ करोड ९५ लाख चार हजार रुपैयाँबराबरको एक हजार ७९३ मेट्रिक टन अदुवा पूर्वी नाका काँकडभिट्टा भएर निकासी गरिएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन गर्ने गरिएको छ । किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्‍याएर गुणस्तरीय बनाएर भारत निकासी गनेए गरिएको छ ।

अम्रिसो कुचो बनाउन प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत र बंगलादेशमा ठूलो माग छ । तथापि, नेपालबाट अधिकांश अम्रिसो भारत निर्यात गरिन्छ । चालु आवको त्रैमासिक अवधिमा २९ करोड ४० हजार रुपैयाँबराबरको दुई हजार ४१७ मेट्रिक टन अम्रिसो भारत निकासी गरिएको ठाकुरले जानकारी दिए ।

अरू बाली उत्पादन नहुने पहाडको पाखो बारी र कान्लामा अम्रिसोको खेती गरिन्छ । फूल छिप्पिएपछि थुतेर कुचोका रूपमा प्रयोग गरिने भएकाले यसबाट किसान लाभान्वित भइरहेका छन् । अम्रिसोको घाँस गाईवस्तुलाई खुवाइन्छ ।

पूर्वीनाका भएर प्लाइउड र भेनियर उडका उत्पादन उल्लेख्य मात्रामा भारत निर्यात भइरहेको छ । मसालाका रूपमा प्रयोग गरिने तेजपात पनि भारततर्फ निकासी हुन थालेको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा ७४ करोड १८ लाख १९ हजार रुपैयाँबराबरको २२ हजार ६७२ मेट्रिक टन प्लाइउड तथा भेनियर उड भारत निकासी गरिएको छ । सोही अवधिमा १७ लाख ९२ हजार रुपैयाँबराबरको २८ मेट्रिक टन तेजपात भारत निकासी गरिएको छ ।

नेपालबाट भारततर्फ निकासी गरिने कृषि वस्तुमा मुसुरो दाल समेत रहेको छ । सोही अवधिमा आठ करोड चार लाख १९ हजार रुपैयाँबराबरको ५८७ मेट्रिक टन मुसुरो दाल निकासी गरिएको कार्यालयले जनाएको छ । रासस

Share News