घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । बिहीबार प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख १९ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

बिहीबार प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख १९ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला १ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News