सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

<p>काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । आइतबार छापावाला सुनको मूल्य बढेर एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायीले जनाएको छ । साथै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको [&hellip;]</p>

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको मूल्य बढेर एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायीले जनाएको छ ।

साथै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

Share News