भारतका सर्वाधिक धनाढ्य अम्बानीले किन भारतीय अर्थतन्त्र ४ सय खर्ब डलर पुग्ने आशा राखे ?

<p>एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अर्थतन्त्रलाई ५० खर्ब अमेरिकी डलरबराबर पुर्&#x200d;याउने लक्ष्य राखेका छन् । तर, देशको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा भारतकै सर्वाधिक धनी मुकेश अम्बानीले कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिको गतिलाई ध्यानमा राख्दै यस दशकको अन्त्यसम्ममा भारतको ऊर्जा आवश्यकता दोब्बर हुनुपर्ने बताएका छन् । संसारका धनाढ्यमध्ये पर्ने अम्बानीले सन् २०४७ [&hellip;]</p>

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अर्थतन्त्रलाई ५० खर्ब अमेरिकी डलरबराबर पुर्‍याउने लक्ष्य राखेका छन् ।

तर, देशको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा भारतकै सर्वाधिक धनी मुकेश अम्बानीले कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिको गतिलाई ध्यानमा राख्दै यस दशकको अन्त्यसम्ममा भारतको ऊर्जा आवश्यकता दोब्बर हुनुपर्ने बताएका छन् ।

संसारका धनाढ्यमध्ये पर्ने अम्बानीले सन् २०४७ सम्ममा भारतको अर्थतन्त्रको आकार ४ सय खर्ब डलरबराबर पुग्ने दाबी गरेका छन् । अहिले भारतको अर्थतन्त्रको आकार ३५ खर्ब डलरबराबर छ ।

अम्बानीले भारत विश्वको तेस्रो ठूलो ऊर्जा उपभोक्ता भएको र यस दशकको अन्त्यसम्ममा भारतमा ऊर्जाको माग दोब्बर हुने गरी जीडीपी वृद्धिलाई समर्थन गर्ने बताएका छन् ।

‘भारतको जीडीपी वृद्धिलाई समर्थन गर्न भारतमा ऊर्जाको ठूलो आवश्यकता छ । मानिसले स्वच्छ र हरित ऊर्जा प्रयोग गरेर प्रगति गर्नुपर्छ र प्रकृतिलाई संरक्षण गर्नुपर्छ,’ भारतको अर्थतन्त्रको वृद्धिबारे गुजरातको गान्धीनगरमा रहेको पण्डित दीनदयाल ऊर्जा विश्वविद्यालयमा अम्बानीले भने, ‘यो दशकको अन्त्यसम्ममा भारतको ऊर्जा आवश्यकता दोब्बर हुनुपर्दछ ।’

अम्बानीले आगामी २५ वर्षमा भारतले आर्थिक वृद्धिको हिसाबले ठूलो वृद्धि रेकर्ड गर्न सक्ने र यसका लागि भारतले स्वच्छ, हरित र दिगो ऊर्जा लागू गर्नुपर्ने बताएका छन् ।

भारतमा बलियो ऊर्जा पूर्वाधार निर्माण गर्न आवश्यक रहेको र यसले आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गर्न सक्ने अम्बानीले बताए ।

यससँगै अम्बानीले देशका हरेक व्यक्ति र हरेक आर्थिक गतिविधिलाई कसरी सस्तो ऊर्जा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा काम गर्नुपर्ने पनि बताएका छन् ।

यसका साथसाथै अम्बानीले भारतमा जीवाश्म इन्धनबाट स्वच्छ र हरित ऊर्जामा तत्काल रूपान्तरण गर्नुपर्ने बताएका हुन् ।

Share News