काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ ।
आइतबार छापावाला सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्यको रेकर्ड ब्रेक गर्दै सोमबार सुनको मूल्यले नयाँ इतिहास रचेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य बढेर प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १५ सय ४५ रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।