दराज ११:११ सेलमा लाखौंले पाए करोडौंको छुट

<p>काठमाडौं । दराज ११:११ सेलमा लाखौंले पाए करोडौंको छुट पाएका छन् । गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११:११ सेलमा लाखौं ग्राहकहरुले करोडौंको छुट पाएका हुन्। कम्पनीका अनुसार वाणिज्यद्वारा नेपाली समुदायहरुलाई उत्थान गर्ने उद्देश्यले सुरु भएको यो वर्षको ११:११ सेलमा ५० लाख ग्राहकहरुले दराजबाट सामान खरिद गरेका छन् । यो तथ्याङ्कले नेपालीहरुको डिजिटल प्लेटफर्म [&hellip;]</p>

काठमाडौं । दराज ११:११ सेलमा लाखौंले पाए करोडौंको छुट पाएका छन् । गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११:११ सेलमा लाखौं ग्राहकहरुले करोडौंको छुट पाएका हुन्।

कम्पनीका अनुसार वाणिज्यद्वारा नेपाली समुदायहरुलाई उत्थान गर्ने उद्देश्यले सुरु भएको यो वर्षको ११:११ सेलमा ५० लाख ग्राहकहरुले दराजबाट सामान खरिद गरेका छन् । यो तथ्याङ्कले नेपालीहरुको डिजिटल प्लेटफर्म प्रति बढ्दो विश्वास र ईकमर्स मोह देखाउँछ ।

बिक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले विभिन्न ब्राण्ड तथा क्रेताहरुलाई प्रशिक्षण प्रदान गरेर सफलतापूर्वक १९,००० बिक्रेताहरुको संजाल निर्माण गर्न सफल दरजले इ–कमर्सलाई पहुँचयोग्य बनाउन र स्थानीय समुदायहरूलाई उत्कृष्ट मूल्यमा विविध सामानहरु प्रदान गरेर उनीहरूको जीवनको गुणस्तर सुधार्न सफल भएको छ । ११:११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरु अत्याधिक बिक्रि गरेको दराज, दैनिक आवश्यक्ताका सामानहरुको गन्तव्य बनेको देखिन्छ ।

दराजले राजधानी बाहिरका बिक्रेताहरुलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरुबाट सेवा प्रवाह गर्ने गरेको छ। जसले गर्दा सेलको अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताहरुको संख्यामा ६०० प्रतिशतको भारी बृद्धि देखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० अर्डर प्रप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा ११:११ सेलमा दराजको बिक्रि ४६ प्रतिशतको बृद्धि पनि देखिएको थियो । ।

११:११ सेलको सफल्ता बारेमा चर्चा गर्दै दराजका प्रवन्धक निर्देशक आँचल कुँवर भन्छिन्ः ‘यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरुको लागि उत्कृष्ट मूल्यमा सर्वोउत्कृष्ट सामान उपलब्ध गराउँनमा प्रतिवद्ध छौं । र हाम्रो यहि उद्देश्यले गर्दा नै हाम्रो ११:११ सेलले यो सफल्ता प्राप्त गर्न सफल भएको छ । यो सफल्तामा ग्राहकमहानुभावहरुको साथ साथै धेरै साझेदार ब्राण्ड तथा बिक्रेताहरुको हात छ । नयाँ बिक्रेताहरुले हामीलाई विश्वास गरेर दराजमा सामान राख्नुभएको देखेर हामी निकै हर्षित छौं । सम्पूर्ण दराजकर्मीहरुको तर्फबाट हाम्रा सुभचिन्तक, ग्राहकमहानुभाव तथा साझेदारहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

सेलमा खट्टिएका ८०० भन्दा धेरै डेलिभरी कर्मचारीहरुको काम आफैमा प्रशंसनीय रहेको जनाएको छ । दराजले सेलमा काठमाडौं देखि महेन्द्रनगर सम्म करिब ५२२ किलोमिटरको सबै भन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरेको थियो ।

Share News