काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज राप्ती उपत्यका (देउखुरी)स्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तर्क्रिया एवं छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाई गर्ने बीमा कम्पनीहरुलाई कारबाही गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेका छन् । उनले बीमा दाबी भुक्तानी सजिलै गर्ने वातावरण तयार गरी बीमा क्षेत्रलाई बद्नाम हुन नदिन आग्रहसमेत गरे ।