काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो ।
साथै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।