राष्ट्रिय बीमा संस्थान बन्यो जीवन बीमा कम्पनी, कहिले आउला आईपीओ ?

<p>काठमाडौं । राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । जसको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा स्वीकृति दिई प्रमाणपत्र दिएको छ । प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो । यससँगै अब साविकको राष्ट्रिय बीमा संस्थानले राष्ट्रिय जीवन बीमा कम्पनीको नामबाट बीमा ऐन, [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय बीमा संस्थान जीवन बीमा कम्पनी लिमिटेडमा परिणत भएको छ । जसको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा स्वीकृति दिई प्रमाणपत्र दिएको छ ।

प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो । यससँगै अब साविकको राष्ट्रिय बीमा संस्थानले राष्ट्रिय जीवन बीमा कम्पनीको नामबाट बीमा ऐन, २०७९ बमोजिमको जीवन बीमा व्यवसाय गर्ने छ ।

साविकको राष्ट्रिय बीमा संस्थानले प्रस्ताव गरेअनुसार संस्थानलाई कम्पनीमा परिणत गरिएको हो ।

कम्पनीमा परिणत भएसँगै अब कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्नुपर्छ । बीमा ऐन अनुसार कम्पनीले एक वर्षभित्रमा पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने, संस्थापक सेयरधनीको तर्फबाट ७० प्रतिशत अर्थात ३ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने र सर्वसाधारणलाई ३० प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्नुपर्ने हुन्छ ।

संस्थापकले पैसा थपेपछि पनि सर्वसाधारणको लागि सेयर निष्काशन प्रक्रिया भने अझै धेरे समय लम्बिने भएको छ । संस्थानले विगत ५ वर्षदेखिको हिसाब लेखापरीक्षण गराउन र साधारणसभा गराउन सकेको छैन । अन्तिम आर्थिक वर्षको लेखापरीक्षण र साधारणसभा नगरेका कम्पनीले सर्वसाधारणमा सेयर निष्काशन गर्न पाउँदैनन् ।

Share News